Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको हो ।

स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो । पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृति समेत नलिई गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे ।

उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे । यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफूहरूले महोत्सव गरेको बताएका थिए । नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन समेत भएको थियो । आफूहरूले लिखित रूपमा अनुमति लिएर भए पनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया