Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजरायलमा २९ हप्ताको विरोधका बाबजुद न्यायिक सुधार विधेयकको ठूलो हिस्सा सोमबार पारित भएको छ । हजारौँ इजरायलीहरूले बिलमा मतदानको क्रममा तेल अवीरको सडकमा प्रदर्शन जारी राखेका छन् । यो कानुन पारित भएपछि बेन्जामिन नेतान्याहु अहिले रुसी राष्ट्रपति पुटिनजस्तै भएको विश्लेषण गरिएको छ र देश तानाशाही तर्फ धकेलिरहेको बताइएको छ ।

आन्दोलनकारीले यो विधेयकविरुद्ध आजदेखि आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएका छन् । चिकित्सक संघले पनि २४ घण्टा बन्दको घोषणा गरेका छन् । यद्यपि, यसले आपत्कालीन सेवाहरूलाई भने असर गर्दैन । नयाँ कानुनी परिवर्तन अन्तर्गत अब इजरायलको सर्वोच्च अदालतले सरकारको कुनै पनि निर्णयलाई गलत भन्दै अस्वीकार गर्न सक्ने छैन ।

कानुनी परिवर्तनको विरोधमा उत्रिएका मानिसहरूले लोकतन्त्र वा विद्रोहको नारा लगाएका थिए । उनीहरूले इजरायलमा तानाशाही काम नगर्ने बताए । यसै क्रममा कयौँ पत्रकारमाथि आक्रमण पनि भएको थियो । प्रदर्शनकारीले मुख्य बेगुइन राजमार्ग अवरुद्ध गरेका छन् । केही प्रदर्शनकारीहरूले नेतान्याहुको तानाशाहीको विरोध गर्न उत्तर कोरियाको झण्डा बोकेका पनि देखिएका थिए । त्यस्तै प्रहरीले वाटर क्यान प्रयोग गरेको थियो ।

सोमबार विधेयकमाथि मतदानका क्रममा विपक्षी दलका सबै ५६ सदस्यले बहिष्कार गरेका थिए । त्यसपछि विधेयक ६४-० मतले पारित भयो । इजरायलको राष्ट्रिय विरोध आन्दोलनले देशको एकतामा दरार, सेना र अर्थतन्त्रको पतनका लागि नेतान्याहूलाई दोष लगाएको छ । आफूलाई रुसी राष्ट्रपति पुटिनजस्तो बनाएर देशलाई तानाशाहीतर्फ धकेल्ने निर्णय गरेका नेतासँग कुरा गर्नुको कुनै अर्थ नरहेको राष्ट्रिय विरोधले जनाएको छ ।

नेतान्याहुले भने– ‘हामी विधेयकमा छलफल गर्न तयार छौं, विभिन्नता भए पनि देश सँगै रहनुपर्छ । विभिन्न सरकारी विभागहरूबीच सन्तुलन कायम गर्न र त्यसलाई सञ्चालन गर्न विधेयक निकै महत्त्वपूर्ण छ । हामी अझै पनि विधेयकमा वार्ताका लागि तयार छौं । यसअघि पनि हामीले प्रयास गरेका थियौं, तर विपक्षी नेताहरूले हुन दिएनन् ।’

संसदमा विपक्षी नेता यायर लापिडले भने- ‘जुलाई २४, २०२३ लाई इजरायलको संसदीय इतिहासमा दुःखद दिनको रूपमा सम्झिनेछ । सरकारले आफ्नो शक्तिको दुरुपयोग गरेको छ । हामी छिट्टै यो विधेयक र प्रक्रियालाई उच्च अदालतमा चुनौती दिनेछौं ।’

तपाईको प्रतिक्रिया