Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कम्बोडिया भ्रमणबाट फर्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्तप्रति आपत्ति जनाउँदै सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका हुन् ।

अध्यक्ष ओलीले गृहमन्त्रीले विमानस्थलको सुरक्षा गर्न नसकेको आरोप लगाए । ‘एयरपोर्टको सुरक्षा गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?,’ उनले भने, ‘ क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ अनि गृहमन्त्री कोटाका गालामा काँक्राको बिया टाँस्दै हिँड्ने ? यो अनैतिक क्रियाकलाप हो अत्यन्तै गैरजिम्मेवार क्रियाकलाप हो ।’

ओलीले आफ्नो संलग्नता छ कि छैन भनेर स्पष्ट पार्न गृहमन्त्री श्रेष्ठलाई चुनौती दिए । ‘सानोतिनो संलग्नताबाट त यो काम भएको छैन होला ? उहाँको संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ । को छ यसमा, यत्तिकै कोटाका गालामा काँक्राको बिया टाँस्ने होइन,’ अध्यक्ष ओलीले अगाडि भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु गृहमन्त्रीको हैसियतले उहाँले बोल्दाखेरि तरिका पुर्‍याएर बोल्नुपर्छ । हद भयो यो, जथाभाबी बोल्ने गृहमन्त्री भएर ?’

उनले जबाफदेहिताको कुरा उठाए मुद्दा हाल्न गएको भन्दै आपत्ति जनाए । ‘गृहमन्त्रीलाई जथाभाबी बोल्ने छुट छैन, अरू कसैले जबाफदेहिताको कुरा उठाए मुद्दा हाल्न जाने ? गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने ? उहाँको पत्रिका (नयाँ पत्रिका)ले सुरुमै लेख्नू, च्याम्बरको अधिवेशनका खिचेको फोटो छाप्नु अत्यन्तै गैरजिम्मेवार ढंगले यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्छ ध्यान कता मोड्न खोजेको ? के छोप्न खोजेको ? यहाँ चिल देखाएर यता के लुकाउन खोजिँदैछ,’ उनले भने म नयाँ पत्रिका गृहमन्त्री जस्ताहरूलाई सोध्न चाहन्छु ।’

अध्यक्ष ओलीले भने कसैले पनि भ्रष्टाचार गर्ने र संरक्षण गर्ने काम गरेको भए नछोडिने बताए । ‘यो सुन काण्डको सिलसिला अन्तिमसम्म नपुर्‍याईकन हामी पनि छोड्दैनौँ । गृहमन्त्रीलाई थाहा होस्, तपाईँहरूले यो पुर्‍याइदिनुस् गृहमन्त्री कहाँ । पहिले पनि सुन तस्करी हुने गरेको थियो खनेर निकालेको हो हामीले फेरि पनि यस्ता कुराहरूलाई हामी खनेर ननिकालेसम्म छोड्दैनौँ,’ उनले भने, ‘यसमा कारबाही के हुन्छ ? हामी हेरिरहेका छौँ, कसमाथि कारबाही हुन्छ ? को जिम्मेवार हुन्छ ? बोक्न त प्लेनले बोक्यो होला, गाडीले बोक्यो होला, भरियाले बोक्यो होला ? बोकाउने को हो ? प्रश्न यो हो, त्यसकारण ढाकछोप हुन सक्दैन ?

तपाईको प्रतिक्रिया