Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा १३ अर्ब ७६ करोड रुपैयाँ (८२ करोड हङकङ डलर) बराबरको उत्तजेक लागुऔषधसहित हङकङकी एक महिला पक्राउ परेकी छन् । टोकियोस्थित नारिता विमानस्थलबाट ३२ वर्षीया चोई सिनलाई नारिता विमानस्थलबाट पक्राउ गरिएको हो ।

उनी जुलाई १ मा क्यानडाको भ्यानुभरबाट टोकियो अवतरण गरेकी थिइन् । चिबा प्रिफेक्चरल प्रहरी र जापानी भन्सार अधिकृतले उनको सुटकेशबाट २३ किलो ९२ किलो उत्तेजक सामग्री भेटाएका थिए । अध्यागमन विभागले उक्त घटनाबारे हङकङस्थित परराष्ट्र मन्त्रालय र टोकियोस्थित चिनियाँ दूतावासमा सम्पर्क गरेको छ ।

यो विषयमा हङकङबाट कुनै थप जानकारी नआइसकेको जापानी अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । चोईले भने आरोप अस्वीकार गरेकी छन् । उनले लागुऔषध ओ‌सारपसारमा आफ्नो कुनै हात नभएको र भ्यानकुभर एयरपोर्टमा एक परिचित व्यक्तिले उक्त सुटकेस दिएको बताएकी छन् ।

आफूले उक्त सुटकेसमा लागुऔषध छ भन्ने थाहा पाएको बयानमा उनले भनेकी छन् । उक्त घटनाबारे जापान प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया