Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – महिला विश्वकप फुटबलमा जर्मनीले सानदार सुरुवात गरेको छ । सोमबार (आज) भएको समूह ‘ए’ को खेलमा जर्मनीले मोरक्कोलाई ६–० गोलले पराजित गरेको हो । अस्ट्रेलियाको मेलबर्न रंगशालामा आज भएको खेलमा मोरक्कोलाई हराउँदै जर्मनीले विश्वकपमा विजयी सुरुवात गरेको हो । पहिलो हाफमा दुई गोल गरेको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गर्दा दुई गोल भने उपहारस्वरुप पाएको थियो ।

खेलको ११औँ मिनेटमा एलेक्सान्ड्रा पोपले गोल गर्दै जर्मनीलाई १–० गोलको अग्रता दिलाइन् । खेलको ३९औँ मिनेटमा पोपले नै दोस्रो गोल गर्दै जर्मनीलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाइन् । खेलको ४६औँ मिनेटमा क्लारा बुहलले गोल गर्दै जर्मनीलाई ३–० को अग्रता दिलाइन् । मोरक्कोका खेलको ५४औँ मिनेटमा हेनाने हाज र ७९औँ मिनेटमा यास्मिन म्राबेटले आत्मघाती गोल गरेपछि जर्मनीले ५–० गोलको अग्रता बनायो । खेलको ९०औँ मिनेटमा लिया स्कुलरले गोल गरेपछि जर्मनीले मोरक्कोलाई ६–० गोलले हराएको हो । यो समूहमा जर्मनीसँगै मोरक्को, दक्षिण कोरिया र कोलम्बिया रहेका छन् ।

त्यस्तै, आजै न्युजिल्यान्डमा भएको अर्को खेलमा इटालीले अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको छ । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो । खेलको ८७औँ मिनेटमा क्रिस्टियाना गिरेलीले गोल गर्दै इटालीलाई जित दिलाइन् ।

 

तपाईको प्रतिक्रिया