सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेता कार्यकर्ताहरूमा आत्मविश्वास हराएको अवस्था आफूले देखेको बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले पार्टीका तल्लो तहका नेता कार्यकर्ताको आत्मविश्वास गुमेको बताउँदै यसको कारण खोज्नु पर्ने बताएका हुन् ।

उनले पार्टीको नेतृत्व आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कनु पर्ने बताउँदै आम जनता कार्यकर्ता किन निराश छन् भन्ने बुझ्नु पर्नेमा जोड दिए । अहिले नागरिकले तिमीहरूको आव्हान गरे अनुसार व्यवस्था ल्याएर पनि हामीलाई के दियौँ भन्ने प्रश्न गरेको उनको भनाई छ ।

महामन्त्री थापाले सरकारमा गएर के दिने भन्ने एजेण्डा स्पष्ट हुनुपर्ने बताउँदै हामी सरकारमा गएर के दिन्छौँ र विपक्षमा भएको भए जनताले के गुमाउँथे भन्ने स्पष्ट हुनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया