Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गत आर्थिक वर्ष (आव)मा व्यापार घाटा १५ प्रतिशतले घटेको छ । उक्त आवमा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्बमा झरेको भन्सार विभागले जनाएको छ । यो आव ०७८/७९ भन्दा १५ दशमलव ४५ प्रतिशतले कमी हो । आव ०७८/७९ मा मुलुकको व्यापार घाटा १७ खर्ब ४ अर्ब थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा आयात र निर्यात घटेको छ । विभागका अनुसार गत आवमा नेपालले १६ खर्ब ११ अर्बको सामान आयात गरेको छ भने १ खर्ब ५७ अर्बको सामान निर्यात गरेको छ ।

आव ०७८/७९ मा नेपालले १९ खर्ब २० अर्बको वस्तु आयात गरेको थियो । सो आवमा २ खर्ब ३० लाखको वस्तु निर्यात भएको थियो । आव ०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा आयात १६ प्रतिशत र निर्यात २१ प्रतिशतले घटेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया