Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई निलम्बन गर्ने निर्णय गरिएको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हुँदा विद्युत्त लाइन बिस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता (सह-सचिव) केदारनाथ शर्माकाअनुसार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई निलम्बनको निर्णय गरिएको हो ।

खतिवडा असार तेस्रो साता प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर खोटाङ गएका थिए । प्रजिअ निलम्बनमा परेसँगै सहायक प्रजिअ पवित्र शाहले निमित्त प्रजिअको जिम्मेवारी समालेका छन् ।

तपाईको प्रतिक्रिया