Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जनकपुर रेल्वे स्टेसनबाटै एक महिलाको लाखौँ रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठालकी सुनिता कुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटेराले लुटेका हुन् ।

रेलमा चढ्नैबित्तिकै उनी बोकेको ह्याण्ड ब्याग गायब भयो, जुन ब्यागमा २ लाख ७० हजार रुपैयाँ थियो । जनकपुरको एनआइसी बैंकबाट निकालेर घर जाने क्रममा रेल्वे स्टेसनमै लुटेराले २ लाख ७० हजार रुपैयाँ र १० हजार बराबरको सुनको गहना राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुरिताले बताइन् ।

उनका श्रीमान् सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा उनले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिनकै लागि बैंकबाट निकाले रुपैयाँ घर लग्ने क्रममा उनी लुटिइन् ।

तपाईको प्रतिक्रिया