बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – जापानको फुकुओकामा जारीको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप-२०२३’ मा नेपाली खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । गौरिकाले प्रतियोगिताको एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

ओलम्पियन गौरिकाले निर्धारित दूरी एक मिनेट ०.८० सेकेन्डमा पूरा गरिन् । कूल ६१ खेलाडीको सहभागिता रहेको हिट चरणमा गौरिका ५१ औं स्थानमा रहिन् । यसअघि पनि उक्त कीर्तिमान गौरिकाकै नाममा रहेको थियो ।उनले सन् २०१६ मा भारतको हुवाहाटी सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा निर्धारित दूरी एक मिनेट ०७.३१ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् । हाल जापानमा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिकाले सोही कीर्तिमान तोडेकी हुन् ।

यसअघि आइतबार नासिर याह्या हुसेनले पनि ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप-२०२३’ मा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । नासिरले पुरुष चार सय मिटिर फ्रिस्टायल स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । प्रतियोगितामा नासिरले निर्धारित दूरी चार मिनट ८.२३ सेकेन्डमा पूरा गरेका थिए । यसअघि पनि उक्त कीर्तिमान नासिरकै नाममा रहेको थियो । यसअघि नासिरले सोही दूरी चार मिनट १२.१७ सेकेन्डमा पूरा गरेका थिए । नासिरले उक्त कीर्तिमान गत असारमा आयोजना भएको ११ औँ एनएसए कप पौडी प्रतियोगितामा बनाएका थिए ।

तपाईको प्रतिक्रिया