Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ  – बैतडीकाे पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिराेमा परि आमा छाेराकाे ज्यान गएकाे छ । गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उहाँका पाँच वर्षीय छोरा रिजन जागरीकाे ज्यान गएको हो ।

पहिराेमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते हुनुभएकाे इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । स्थानीय र प्रहरीको सहयोगमा गोब्बरकाे उद्धार गरिएको र उहाँकाे उपचार भइरहेकाे चाैधरीले बताउनु भयाे ।

 

तपाईको प्रतिक्रिया