Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कलाकार दीपकराज गिरीले धरानका मेयर हर्क साम्पाङ, काठमाडौँका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने लगायत सबै राजा भएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको समयमा जनताको मन जित्ने सबैजना राजा भएको बताएका हुन् ।

उनी लेख्छन्- ‘इतिहासमा एक जातीले अर्को जातीलाई, एउटा समूहले अर्को समूहलाई हराएर राजा हुने चलन थियो, हतियारले जितेर । त्यो क्रममा कसले जिते, कसले हारे, त्यो हिसाब गरेर काम छैन, किनकि त्यो अब इतिहास भइसक्यो ।’

‘‘अहिले त हर्के पनि राजा, बालेन पनि राजा, दीपकराजले लेखेका छन्- ‘रवि लगायत सबै राजा । जस-जसले जनताका मन जिते, सबै राजा ।’

‘अब सबैको मन जितेर देशकै राजा हुने कि, म यो जातको, म यो समूहको, म त यो धर्मको भनेर कराउँदै हिँडेर एउटा मात्रै समूहको राजा हुने ?’ शुभ दिन । ’

तपाईको प्रतिक्रिया