Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसीप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।

यसअघि नासिरको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयमको कीर्तिमान कायम थियो । नासिरले उक्त कीर्तिमान असारमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।नासिरले अब पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने छन् ।

 

तपाईको प्रतिक्रिया