Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – विश्वकै समृद्ध मुलुकमध्येको एक जापान निकै इमानदार र अनुशासित नागरिकहरूको देश पनि भनेर चिनिन्छ । आम मानिसहरू आफू कार्यरत संस्थाप्रति निकै बफादार हुन्छन् भने अधिकांश मानिसहरू आफ्नो जागिरे जीवनमा एउटै ठाउँमा मात्र जागिर खाएका हुन्छन् । किनकि यहाँ आफूले काम गरिरहेको ठाउँमा जागिर छाड्नुलाई राम्रो मानिँदैन ।

जागिर छाड्नेलाई भगौडाको रूपमा लिइन्छ जुन निकै लज्जास्पद ठानिन्छ । अहिले यहाँ जागिरबाट अलग गराइदिने एजेन्टको व्यवसाय निकै मौलाएको छ । यस्ता एजेन्टहरूले कामकाजी मानिसहरूलाई सम्मानजनक रूपमा जागिर छाड्नका लागि सहयोग गर्छन् । यस्तो एजेन्टलाई ‘ताइशोकु डाइको’ भनिन्छ ।

एपी न्युजमा प्रकाशित रिपोर्टअनुसार पछिल्ला केही वर्ष यता जापानमा यस्ता दर्जनौँ कम्पनीहरू खुलेका छन्, जसले सम्मानजनक रूपमा जागिर छाड्नका लागि मानिसहरूलाई सहयोग गर्दछन् । टोकियोमा कार्यालय रहेको यस्तै एउटा कम्पनी गार्जियनका प्रमुख योशिहितो हासेगावा जागिर छाड्ने कुरालाई भद्रगोल प्रकारको डिभोर्ससँग तुलना गर्दछन् । उनको कम्पनीले गत वर्ष मात्रै १३ हजार जनालाई कसरी कमभन्दा कम झण्झटविना जागिरबाट राजीनामा दिने भन्ने विषयमा परामर्श दिएको छ ।

उनका अनुसार जापानीहरू आफ्नो जागिरमा असन्तुष्ट हुँदाहुँदै पनि प्रायः सोही जागिरमा टाँसिइरहन्छन् र आफूहरू राम्रो उद्देश्यको लागि आफ्नो जीवन समर्पण गरिरहेको अनुभूति गर्दछन् जसलाई कामिकाजे भनिन्छ । जापानी जागिरेहरूलाई उनी दोस्रो विश्वयुद्धको अन्त्यतिर आत्मघाती मिसनका लागि पठाइएका सैनिकसँग तुलना गर्दछन् । जो देशको लागि आफ्नो जीवनको बलिदानी दिन प्रतिबद्ध थिए । त्यहाँ छाडेर जानुलाई धोकाधडी मानिन्छ ।सन् २०२० मा स्थापना भएको ‘ताइशोकु डाइको’ कम्पनी गार्जियनले कैयन् युवायुवतीहरुलाई आफुले छाड्न चाहेको जागिरबाट न्यूनतम पीडासहित अलग हुन सहयोग गरेको छ । जसमा शिन्तो स्राइनदेखि ल र्फम र दन्त अस्पतालसम्म अनि रेष्टुरेन्ट देखि पसलहरु सम्ममा काम गरिरहेका युवायुवती छन् । गार्जियनका आधाभन्दा धेरै ग्राहक महिला छन् । त्यसमध्ये कतिपयले जागिर सुरु गरेको एक/दुई दिनमै पहिले कबुल गरिए अनुसारको तलब सुविधा तथा कार्यघण्टा नभएको थाहा पाएसँगै त्यो जागिर छाड्न चाहेका हुन्छन् ।

कम्पनीले सजिलोसँग जागिर छाड्न सहयोग गर्ने उक्त सेवाका लागि प्रतिव्यक्ति २९ हजार ८ सय येन शुल्क लिने गरेको छ । जसमा युनियनको ३ महिने सदस्यताको शुल्क पनि समावेश हुन्छ जसले कर्मचारीको प्रतिनिधित्व गर्दछ र कर्मचारीको पक्षबाट सौदाबाजी गर्दछ । गार्जियनका ग्राहकहरू प्रायः साना तथा मझौला खालका व्यवसायहरूमा काम गरिरहेका व्यक्तिहरू हुन् । कहिलेकाहीँ भने ठूलाठूला कम्पनीमा काम गरिरहेका मानिसहरू समेत सहयोग खोज्दै त्यहाँ आउँछन् ।

कर्मचारीहरुको मुख्य गुनासो नै हाकिमले हरेक कुरामा हैकम जमाउने तथा बिदा दिन अस्वीकार गर्नेलगायतका हुने गरेका छन् । जापानमा श्रमिकको अभाव निकै पेचिलो बन्दै जाँदा कार्यरत कर्मचारी तथा कामदारहरूले बिदा पाउन मुस्किल हुँदै गएको छ । जापानमा कानुनतः कुनै पनि कर्मचारी वा श्रमिकलाई जागिर छाड्ने अधिकार छ । तर कतिपय पुरानो शैलीको पदसोपानिक परम्परामा अभ्यस्त भएका कतिपय रोजगारदाताहरू भने आफूले सीप सिकाएको कामदारले जागिर छाड्ने कुरा स्वीकार गर्दैनन् ।

तपाईको प्रतिक्रिया