Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा जान लागेका हुन्।

पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेका हुन्। टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यद्वय रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

भारतीय जनता पार्टीले ‘भाजपालाई जान्नुस् (Know BJP)’ अभियान सञ्चालन गरिरहेको छ। भारत बसाईका क्रममा माओवादी केन्द्रका नेताहरूले अध्यक्ष नड्डासहित भाजपाका शीर्ष नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्। पछिल्लो समयमा माओवादी केन्द्रका नेताहरु भारत र चीन भ्रमणमा व्यस्त रहेका छन्।

तपाईको प्रतिक्रिया