Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – महोत्तरी सदरमुकाम जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ। जनकपुरधामस्थित प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव कुटिएका स्रोतले जनाएको छ। जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा बिहीबार राति करिब १० बजे कुटिएको घटना बाहिरिएको हो। बिहीबार रातिको घटना प्रहरीले लुकाउन खोजे पनि ढिला गरी बाहिरिएको हो। यादवको हाल उपचार हुँदै छ।

स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार बिहीबार अचानक हो–हल्ला सुनिएपछि घर बाहिर निस्किँदा रगतमा लतपतिएको अवस्थामा डीएसपी यादव भेटिएका थिए। उनले स्थानीयसामू आफूलाई बचाउन गुहार मागेका थिए। त्यसपछि उनलाई ट्राफिक प्रहरीले उठाएर प्रादेशिक अस्पताल पुर्‍याएका थिए। हो–हल्ला भएपछि घटनास्थल भन्दा करिब एक सय मिटरको दूरीमा रहेको जलेश्वर ट्राफिक कार्यालयका प्रहरीले घाइते यादवको उद्धार गरेर जलेश्वर प्रादेशिक अस्पताल लगेका स्थानीयले जानकारी दिए। घाइते यादवको खुट्टा भाँचिएको छ। हाल यादवको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भैरहेको श्रोतले जनाएको छ।

धनुषामा कार्यरत डीएसपी यादव राति १० बजे एक्लै जलेश्वरमा किन गएको र घटना के कारण भएको भन्ने विषयमा प्रहरीको कुनै पनि निकायले बोल्न नमाने पनि घटनाको छानविन गर्न समिति गठन गरिएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानविन टोली गठन गरिएको छ। टोलीले शनिबार घटनास्थलको निरीक्षणसमेत गरेको छ। घटना रहस्यमय भएकाले प्रहरीले लुकाउन खोजेका थिए। तर बाहिरिएपछि प्रहरीले औपचारिक रुपमा छानविन तथा अनुसन्धान थालेको हो।स्रोतकाअनुसार प्रदेश प्रहरीको टोलीले शनिबार घटनास्थलको निरीक्षण गरेको छ। डीएसपी यादव केही महिना अगाडि महोत्तरीबाट सुरुवा भई धुनषा जनकपुर आएका थिए।

 

तपाईको प्रतिक्रिया