मंगलबार, जेठ १५, २०८१
Tuesday, May 28, 2024

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित भएका छन् । शनिवार सम्पन्न अनलाइन मतदानमा उनले १४७९ मत प्राप्त गरे । उनका निकटतमप्रतिद्धन्दी दिनेश घिमिरे १२५४ मत प्राप्त गरे। संघको आइसीसी सदस्यमा शुनिलबाबु खड्का, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, र दिलराज गुरुङ विजयी भएको निर्वाचन समितले जनाएको छ ।

यस्तै, संघको २ उपाध्यक्षमा रविन्द्र कंडेल, सुरेश परियार निर्वाचित भएका छन् । यस्तै स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल विजयी भएका छन् भने महासचिवमा गोविन्द खरेल विजयी भए । यसैगरी सहकोषाध्यक्षमा हेम गुरुङ विजयी भए ।

 

तपाईको प्रतिक्रिया