Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आइसीसी टी २० विश्वकप पूर्वी एशिया-प्यासिफिक क्वालिफायरको क्षेत्रीय फाइनल पपुवा न्यूगिनीमा सुरु भएको छ । यो प्रतियोगितामा चार टोलीहरू सहभागी छन् । यो प्रतियोगिताको विजेता अर्को वर्षको टी २० विश्वकपका लागि छनोट हुनेछ। पहिलो दिनको खेलमा घरेलु टोली पपुवा न्युगिनीले भानुआटुलाई ९ विकेटले र जापानले फिलिपिन्सलाई ५३ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा जापानले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो जसको जवाफमा फिलिपिन्सको टोलीले ११३/५ रन मात्रै बनाउन सकेको थियो । जापानका केन्डल काडोवाकी-फ्लेमिङले ३७ बलमा ६० रन बनाएका खेलको प्लेयर अफ द म्याच घोषित भए। जापानका लागि ओपनर लाचलान यामामोटो-लेकले ४४ बलमा ४१ रन बनाए भने इब्राहिम ताकाहाशीले १३ बलमा ३१ रन बनाए ।

दोस्रो खेलमा भानुआटुको टोलीले २० ओभरमा ७१/८ रन बनाएको थियो, जसको जवाफमा पपुवा न्युगिनीले ६.३ ओभरमा एक विकेट गुमाएर एकतर्फी जित हासिल गरेको थियो । कप्तान असद वालाले १७ बलमा ३४ रन र विकेटकिपर किप्लिन डोरिगाले १८ बलमा ३२ रन बनाए । पहिलो खेल खेलेका जोन कारिको मात्र ६ रनमा ३ विकेट लिएर प्लेयर अफ द म्याच घोषित भए । उनी बाहेक पपुवा न्युगिनीका चार्ल्स अमिनी र नर्मन भानुवाले समान २–२ विकेट लिए ।

तेस्रो खेलमा आज जापानले भानुआटु र चौथो खेलमा पपुवा न्युगिनीले फिलिपिन्सको सामना गर्नेछ। पूर्वी एसिया प्रशान्त क्षेत्रको पपुवा न्युगिनीको टोली टी–२० विश्वकपमा छनोट हुने सबैभन्दा बलियो दावेदार हो । उता स्कटल्याण्डमा आइसीसी टी–२० विश्वकप युरोप छनोट प्रतियोगिता पनि खेलाइँदैछ, जसमध्ये दुई टोली अर्को वर्ष हुने विश्वकपका लागि छनोट हुनेछन् ।

 

तपाईको प्रतिक्रिया