Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बहराइनको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा राजु श्रेष्ठलाई चयन गरेको छ । अधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थ भण्डारी, उपाध्यक्षमा भावना आचार्य, सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुशीला खत्री चयन भएको निर्वाचन समितिका संयोजक कमल श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार महासचिवमा संगीता खत्री, सचिवमा भुवन बिमली, सहसचिवमा नेत्रप्रसाद गैरे, कोषाध्यक्षमा, दीपक कुमार कर्ण र सहकोषाध्यक्षमा बासुदेव प्याकुरेल चयन भएका छन् ।

युवा संयोजकमा अमृत देवकोटा, संयोजकमा पवित्रा श्रेष्ठ, पर्यटक संयोजकमा अच्युतराज तिम्सिना र खेल संयोजकमा माशिव बिक चयन भएका छन् । महिला सदस्यमा अमृता सामेखम चुनिएकी छिन् । समिति सदस्यहरूमा लक्ष्मी नारायण श्रेष्ठ, लक्ष्मण बिक, अनन्त अर्याल, विशाल खरेल, रामप्रसाद पुडासैनी, टेकमान बिक र गणेश बहादुर थापा रहेका छन् । आईसीसी सदस्यमा बिरेन्द्र बुढाथोकी चयन भएका छन् ।

तपाईको प्रतिक्रिया