Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – भैरहवा भन्सार कार्यालय, बेलहियाले आर्थिक वर्ष ०७९/८० मा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन। आर्थिक वर्ष ०७९/०८० मा विभागले निर्धारण गरेको १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य भए पनि जम्मा ७७ अर्ब रुपैयाँ मात्र अथार्त् झण्डै ५० प्रतिशत राजस्व असुली भएको हो। राजश्व संकलनमा योगदान दिने मुख्य वस्तु आयात नै न्यून हुँदा आर्थिक वर्ष ०७९/०८० मा भैरहवा भन्सार कार्यालयको राजश्व संलकनमा ह्वात्तै गिरावट आएको भन्सार कार्यालयले जनाएको छ।

आब ०७८/०७९ मा १ खर्ब २७ अर्ब लक्ष्य पाएको भन्सारले १ खर्ब १५ अर्ब ८७ करोड राजश्वस संकलन गरेको थियो। विगतमै राजश्व संकलन लक्ष्य भेट्टाउन नसकेको भन्सारलाई विभागले पुनः २२ प्रतिशत बढी लक्ष्य बढाइदिएको थियो। तर, राजश्व लक्ष्यको आधा पनि संकलन हुन नसकेको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले बताए। उनले विगतमा राजश्व संकलनमा मुख्य योगदान दिँदै आएका जीप, कार, भ्यान, मोटरसाइकल, एमएस बिलेट्, जिडेल, मोबाइलजस्ता मुख्य बस्तु आयात आधाले घट्दा पनि राजश्व संकलनमा असर पुगेको बताए।

यस्तै, राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा केही समय एलसी अनिवार्य गर्यो र यसले राजश्व संकलन प्रभावित बनेको उनको भनाइ छ। साथै ८ महिनासम्म सरकारले जीप, कार, भ्यान र मोबाइल आयातमा प्रतिबन्ध नै लगाएको थियो। त्यसका असर पनि राजश्व संकलनमा परेको छ। कार्यालय प्रमुख अर्यालका अनुसार यी वस्तुले मात्रै भन्सार राजश्वमा करिब २५ प्रतिशत योगदान दिँदै आएका छन्।

सरकारले राजश्वमा खर्बले योगदान दिने फलामे कच्चा पदार्थ एमएस बिलेट्समा अन्तःशुल्क बढाएर लगाउनु र स्पन्ज आइरनमा भन्सार महसुल पूर्ण छुट गर्दा पनि राजश्व प्रभावित भएको छ।भन्सारको तथ्यांकअनुसार राजश्व संकलनमा योगदान दिने मुख्य बस्तु जीप, कार, भ्यानसँगै मोटरसाइकल, ग्लेज टायल, हाइस्पिड डिजेल, इलेक्ट्रिक जिप, कार, भ्यान, मार्बल स्ल्याब, एलपी ग्यास, मोबाइल, पिकअप तथा डेलिभरी भ्यानबाट अघिल्लो आर्थिक वर्षभन्दा करिब ३७ अर्ब राजश्व असुलीमा कमी आएको छ। मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैररहवा भन्सारको कार्यालयको योगदान करिब १२ प्रतिशत छ। तर, यस पटक राजश्व असुली घट्दा मुलुकको राजश्व लक्ष्यमै प्रभाव परेको छ।

 

तपाईको प्रतिक्रिया