Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – यो साता नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवारसम्ममा सुनको मूल्यमा सामान्य वृद्धि भएको हो । गत साताको शुक्रवार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।

जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा तोलामा ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार यो साता तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम छ ।

यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर कायम छ । महासङ्घका अनुसार गत साताको शुक्रवारको मूल्यमै यो साता चाँदीको मूल्य कायम छ । यसअनुसार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ ।

 

तपाईको प्रतिक्रिया