Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सुनसरीको धरानमा गोली प्रहारबाट एक युवकको हत्या भएको छ । शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिए पनि ज्यान गएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । उनका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार गरेर उनीहरू फरार भएका छन् ।

मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ । धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको हो । घटनाको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए ।

तपाईको प्रतिक्रिया