Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – नेपालमा डेंगुका बिरामी दिनप्रतिदिन थपिँदै गइरहेका छन्। पछिल्लो दुई हप्तामा मात्र २ हजारभन्दा बढी बिरामी थपिएका छन्।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसयता एक हजार एक सय ९२ जना बिरामी फेला परेका थिए। तर असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्।

डेंगुका थप भएका बिरामी पनि अस्पताल तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आएका मात्र हुन्। स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ। महाशाखाका अनुसार पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी थप भएको विवरण महाशाखामा आउन थालेको छ। बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ।

महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ। यीमध्ये दुई हजारभन्दा बढी संक्रमित पछिल्लो दुई सातामा थपिएका हुन्।

यी हुन् धेरै बिरामी देखिएका १० जिल्ला, कुन जिल्लामा कति बिरामी

सुनसरी- १५७१
धादिङ – २५८
दार्चुला – १८८
कास्की – १४९
संखुवासभा – ५८
काठमाडौं – ४६
कञ्चनपुर – ३९
भक्तपुर – ३५
म्याग्दी – ३५
झापा – ३२

गत वर्ष नेपालमा स्वास्थ्य संस्थाको रेकर्डमा आएका डेंगुका बिरामीको संख्या ५४ हजार ७ सय ८४ जना थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया