Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई नेपाल बाहिर जान नपाउने शर्तमा छोड्न आदेश दिएको हो ।  सुधीरकुमार शाहसहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भने अदालतले खारेज गरिदिएको छ ।

आदेशमा भनिएको छ, ‘निवेदक कृष्ण बहादुर राउतले निज शाखा अधिकृत हुँदाका बखत आरोपित मुद्धासँग सम्बन्धित विषयमा नेपाल सरकार मन्त्रिपरिषद बैठकमा प्रस्ताव पठाउने हेतु भवन निर्माण सम्भार डिभिजन कार्यालयबाट पेश भै आएको फाइलमा पेश भएबमोजिम भूलसुधार हुन् आवश्यक निर्णयार्थ मिति २०६७/०३/१७ मा टिप्पणी पेश गरेको तर्फ अनुसन्धान केन्द्रित देखिन्छ। ……….यस स्थितिमा निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने अवस्था इजलास समक्ष पेश हुन् आएको अनुसन्धान सम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकाले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने सम्मको आधार, कारण र औचित्य देखिएन ।’

तपाईको प्रतिक्रिया