Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप पाँच दिनको समय दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि शुक्रबार उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराएको थियो । उनीहरु २५ दिनदेखि थुनामा छन् । यता सर्वोच्च अदालतले बन्दी प्रत्यक्षिकरणको रिटमा आदेश सुनाउने तयारी गरेको छ । पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित ४ जनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

यसअघि हदम्यादको प्रश्न उठाउँदै १७ जनाका हकमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भन्दै आफुहरुलाई पनि थुनाबाहिर राखेर अनुसन्धान हुनुपर्ने उनीहरुको माग छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाको हकमा अन्तरिम आदेश जारी नभएको भन्दै थुनामा राख्न अनुमती दिएको थियो । सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । यसअघि बालुवाटार जग्गा प्रकरणमै अख्तियारले पनि मुद्दा चलाएको थियो । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपल्ट पक्राउ गरेको थियो । त्यसपछि समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको थियो ।

पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीको प्रमुख लोकहरी घिमिरे, तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र,धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई पक्राउ गरेको थियो । सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो । उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो ।

प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो । त्यसपछि समरजङ कम्पनीका तत्कालीन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा गत आइतबारदेखि लगातार बहस भइरहेको थियो । बिहीबार नै बहस सकिए पनि आदेश आएको छैन ।

तपाईको प्रतिक्रिया