Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सरकारले प्रहरी स्कर्टिङमा काठमाडौँबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो । बञ्चरेडाँडा आसपासका स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै विगत पाँच दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन् । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौँमा फोहोर बढ्न पुगेको छ ।

काठमाडौँबाटै प्रहरीको स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ पठाएको उपत्यका प्रहरी कार्यालय एआइजी श्याम ज्ञवालीले जानकारी दिए । ‘प्रहरी परिचालन गरेर फोहोरका गाडी त्यसतर्फ पठाइएको छ ।’ एआइजी ज्ञवालीको भनाइ छ ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका स्थानीय सरकारले आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै फोहोर फाल्न अवरोधमा उत्रेका हुन् । अवरोध हटाउन बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग सरकारले वार्ता गरेपनि सहमति हुन सकेको थिएन ।

 

तपाईको प्रतिक्रिया