Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानका नेपालीमाझ अहिले गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, जापानको चुनावी चर्चा छ । आउँदो जुलाई २९ तारिखमा हुने ११औँ महाधिवेशनका लागि जापानमा चहलपहल सुरु भएको हो ।

प्रत्याशीलेहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । आगामी कार्यकालका लागि एनआरएनए जापानको अध्यक्षमा चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष नवीन निउरे, महिला उपाध्यक्ष संगीता अधिकारी सुवेदी, अर्का उपाध्यक्ष रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनीहरू एजेन्डा मतदातामाझ पुर्‍याउन जुटेका छन् । हेरौँ कस्ता छन् चुनावी मुद्दा :-सन् २००५ देखि जापानमा बसोबास गरेका उनी सन् २०१० देखि जापानमा आफ्नै व्यवसाय गरिरहेका छन् । हाल उनले रेमिट्यान्स, रेष्टुरेण्ट एवं कन्सल्टिङ व्यवसाय सञ्चालन गरिरहेका हुन् । जापानमै पहिलो पटक नेपालीहरूद्वारा स्थापना गरिएको एभरेष्ट इण्टरनेशनल स्कुलको संस्थापक शेयर सदस्यसमेत रहेका उनले नेपालमा समेत शैक्षिक तथा बैंकिङ क्षेत्रमा लगानी गरेका छन् ।

जापानवासी नेपाली युवाहरूका लागि उदाहरणीय पात्रका रूपमा परिचित उनी जापानमा रहँदा समस्यामा परेकोहरुलाई सहयोग गर्दै आएका छन् । ११ औँ पटकसम्म एनआरएनए जापानको नेतृत्वमा भएका नेपाल फेष्टिभल सधैँ घाटामा डुबिरहेको अवस्थालाई नजिकबाट नियालेका उनले १२ औँ नेपाल फेष्टिभलमा आर्थिक संयोजकको जिम्मेवारी लिँदै जापानमा भएका नेपाल फेष्टिभलको इतिहासमै पहिलो पटक नाफा दिन सफल भए ।

समाजसेवालाई नै आत्मसन्तुष्टिका रूपमा लिने भन्दै एनआरएनएको अभियानबाट सिकेका अनुभव अन्य सामाजिक संघ संस्थाका नेतृत्वदायी तहमा रहेर गरेको योगदानलाई अब एनआरएनए जापानको नेतृत्वदायी भूमिकामा रहेर पारदर्शिता, रूपान्तरण, प्रविधिमैत्री एनआरएनए बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले जापानमा रहेका नेपालीहरूले भोगेका समस्या समाधानका लागि जापान सरकारसँग आवश्यक पहल गर्ने, नैतिकता, स्वाधीनता एनआरएनमा दोस्रो पुस्ताको सहभागितालगायतका योजनाहरू अघि सारे । ‘वर्तमान कार्यसमितिले सुरु गरेका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिँदै अघि बढ्ने छु,’ निउरे भन्छन्, ‘नेपालीहरूको योगदानका आधारमा रहेर शिव मन्दिरसहित प्रविधियुक्त बहुउद्देश्यीय नेपाली हाउसको स्थापना गर्ने मेरो पहिलो प्राथमिकता रहेको छ ।’

साथै उनले एनआरएनए जापानलाई स्मार्ट एनआरएनए बनाउनका लागि यससँग सम्बन्धित कार्यलाई व्यवस्थित गर्ने बताउँदै एनआरएनए जापानले प्रदान गर्ने सेवा जापानमा रहेका सम्पूर्ण नागरिकलाई जानकारी दिने प्रतिबद्धता जनाए । आईसीसी (अन्तर्राष्ट्रिय समन्वय परिषद्)को निर्वाचनका प्रतिनिधि छनोटलाई पारदर्शी र थप वैज्ञानिक बनाइने निउरेको चुनावी प्रतिबद्धता छ ।जापानमा सामाजिक कार्यबाट चिनिएकी संगीता अधिकारी सुवेदी हाल एनआरएनएको उपाध्यक्ष छन् । संगीताले बिहीबार मात्रै अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी हुन् ।

सन् २००४ मा अध्ययनको सिलसिलामा जापान प्रवेश गरेकी ४ वर्षको अध्ययन पश्चात् १० वर्ष जापनिज कम्पनीमा  जनरल म्यानेजरको भूमिकामा काम गर्दै सामाजिक अभियानमा सन् २००८ देखि सक्रिय रहँदै आएकी छन् । जापनिज भाषामा राम्रो अब्बलता राख्नु हुने संगीता अधिकारी सुवेदी जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली फेस्टिबलको शुरुवाती चरण देखि कहिले उद्घोषक त कहिले भोलेन्टियरको रूपमा समेत आफूलाई सक्रिय राखिन् ।

२०१५–१७ को कार्यकालका लागी उपाध्यक्ष पदको प्रत्याशी भएर एनआरएनए अभियानमा होमिएकी अधिकारी सुवेदी झिनो मतान्तरले उपाध्यक्ष पदमा उप विजेता हुँदा समेत सामाजिक कार्य, एनआरएनए अभियानमा आफूलाई सक्रिय नै राखेकी नेतृ हुन् । सन् २०१७–१९ कार्यकालमा सदस्य, सन् २०१९-२१ महिला संयोजक र सन् २०२१–२३ उपाध्यक्ष पदमा रहेका काम गरेको अनुभव उनीसँग छ ।

टोकियोमा रहेर व्यवसाय गर्दै आएकी सुवेदी यसपटक एनआरएनए जापानमा महिला नेतृत्वको आवश्यकता महसुस गरेर अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनी बताउँछिन् । ‘महिलाले नेतृत्व गरेका संस्था काममा प्रतिबद्ध साथै सुशासनमा अब्बल हुन्छन् । यसकारण पनि यसपटक एनआरएनए जापानमा महिला नेता चुन्नु हुन्छ भन्ने विश्वास मलाई छ, ‘उनले भनिन्, ‘म उपाध्यक्ष रहेको वर्तमान कार्यकालमा भएका आधा काम मेरै नेतृत्वमा भएका छन् । त्यसैले म आफूलाई सफल उपाध्यक्ष पनि भन्न रुचाउँछु ।’

प्रतिबद्धता पूरा गर्ने आधारबारे उनी भन्छन्, ‘मेरो आत्मा विश्वास हो, मेरो इमानदारिता हो,मेरो कर्तव्य हो, मेरो नैतिकता हो, मेरो संकल्प हो, मेरो सक्रियता हो, मेरो लगनशीलता हो,समाज परिवर्तन र रूपान्तरणका लागि मैले खेलेको भूमिका हो, प्रवासी नेपालीहरूको हकहित र अधिकारका लागि लड्दै आएको छु त्यो मेरो आधार हो ! प्रवासमा रहेर दुखमा पर्नु भएका नेपालीहरूको सहाराका लागि दिनरात नभनी उहाँहरूको दैलोमा पुगेको छु त्यो मेरो आधार हो,चाहे ती हिरासतमा परेका नेपालीहरू हुन् या प्रवासमा अनावश्यक दुख झेलिरहेका दाजुभाई तथा दिदी बहिनीहरूको अवस्था बुझ्न उहाँहरूको अगाडी अभिभावक बनेर उभिँदै आएको छु त्यो मेरो आधार हो ।’

महिलाले पनि पुरुषले जस्तै काम गर्ने सक्छे भन्ने उदाहरण दिन र एनआरएनए इतिहासमा सक्षम महिलाले नेतृत्व गरेको नयाँ इतिहासको पानाहरू कोर्न आफ्नो उम्मेदवारी भएको उनको तर्क छ । ‘घाम पानी भोक तिर्खा निन्द्रा नभनी परिवारका कतिपय सपनाहरू कुल्चिएर समाज परिवर्तन र जापानमा रहेका हरेक श्रमिकको  हक हितको आवाज उठाउँदै आएको छु नसुनिएका ती आवाजहरूलाई सुनुवाइ गर्न र अधिकार स्थापित गराउन मेरो उम्मेदवारी हो,’ सुवेदीले अगाडि भनिन्, ‘मेरो प्रतिस्पर्धा अरू सँग होइन म आफै सँग हो । समावेशी एनआरएनए निर्माणका लागि मेरो उम्मेदवारी हो ।’

उनले जापानबाट नेपाल पठाइने रेमिट्यान्सलाई प्रोत्साहन, हुन्डी कारोबारलाई निरुत्साहन, जापानमा रहेर गम्भीर रोगको सिकार बनेका नेपालीको सहयोगका लागि एनआरएनए जापानको नेतृत्वमा टिम निर्माण गरी सहयोग गर्ने, जापानमा रहेर परिवार नियोजन, घर झगडा लगायतका समस्या भोगेका महिलाहरूलाई सहयोग गर्ने, जापानको लगानी नेपाल भित्र्याउने लगायतका मुद्दा अघि सारेकी छन् ।वर्तमान उपाध्यक्ष रामकृष्ण श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले ‘काँधमा जिम्मेवारी, काममा इमानदारी । सम्बन्धमा समझदारी त्यसका लागी मेरो उम्मेदवारी’ भन्ने मूल नाराका साथ शनिबार एक विशेष कार्यक्रमकाबीच क्युस्युबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठ २००७ सालमा जापान आई २ वर्षको भाषा कक्षा सम्पन्न पश्चात् २००९ सालमा फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको सदस्य पदबाट सामाजिक क्षेत्रमा प्रवेश गरेका हुन् । त्यसपश्चात् निरन्तर रूपमा नेपाल र नेपालीको हितका लागि सामाजिक कार्यमा निरन्तर लागिरहेका छन् । एनआरएनए जापानमा पनि २०१९-२१ सदस्य र २०२१-२३ मा उपाध्यक्ष भएर सामाजिक कार्यमा लागेका श्रेष्ठले २०२३-२५ का लागी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

  • यी हुन् श्रेष्ठका ९ प्रतिबद्धता

क. आर्थिक पारदर्शिता
१. संस्थाको आर्थिक कारोबार पारदर्शिता छर्लङ्ग हुने गरी काम गर्ने छु । यो कार्य केन्द्र मात्र नभई सबै क्षेत्रीय समितिहरूलाई समेट्ने छु । यसको लागि प्रविधिको प्रयोग गरी त्रैमासिक रूपमा आर्थिक रिपोर्ट बनाइ सम्पूर्ण सदस्यहरूलाई मेल मार्फत पठाउने व्यवस्था गर्ने छु । त्यस्तै महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको एक हप्ता भित्र आर्थिक तथा प्रगति प्रतिवेदन प्रकाशन गरिने छ ।

२. क्षेत्रीय कमिटीहरूको प्रत्येक ६ महिनामा आर्थिक प्रतिवेदन तथा प्रगति प्रतिवेदन केन्द्रसँगको समन्वयमा वेबसाइट मार्फत प्रकाशन गरिने छ ।

३. प्रत्येक क्षेत्रको बैंक खाता खोल्न सहकार्य गरिने छ । आर्थिक कारोबार बैंकबाट मात्र गर्ने गरी नीतिगत परिवर्तन गरिने छ ।

ख. जापान सरकार र नेपाल सरकारसँग समन्वय
१. जापान सरकारको असमान नीतिहरूलाई नेपाल सरकारसँगको समन्वयमा परिवर्तनको लागी पहल गरिने छ ।

२. दोहोरो कर प्रणालीलाई हटाउन सरकारी सरोकारवाला निकायहरूसँग छलफल तथा पहल गरिने छ ।

३. शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा नेपालको विकासको लागि समन्वय गरी विज्ञ मार्फत अनुसन्धानका लागी छलफल गरी संस्थागत तर्फबाट आवश्यक पहल गरिने छ ।

५.जापान सरकार तथा विश्व विद्यालयका प्रोफेसरहरु मार्फत जापान बासी नेपालीको हितमा गरिने विभिन्न अनुसन्धानका लागी पूर्णरुपमा सहयोग गरिने छ ।

ग. सदस्यता नवीकरण
१. हाल सम्म भइरहेको सदस्य बन्ने सिस्टम आईसीसीसँग समन्वय गर्दै वर्ष भरी नै सदस्यता वितरणको व्यवस्था गरिने छ । एक वर्ष बनेका सदस्यहरूलाई अर्को वर्ष पुन सुरुवातबाट नभै नवीकरण मात्र गरे हुने व्यवस्था गरिने छ ।

२. एनआरएनएले दिने सेवामा पहिलो प्राथमिकता एनआरएनएका सदस्यहरूलाई दिइने छ ।

३. सदस्यहरूलाई सुख दुखमा सहयोगका लागि छुटै कोषको व्यवस्था गरिने छ ।

घ. क्षेत्रीय समितिहरूलाई सशक्त र शक्ति साली बनाउने
१. क्षेत्रीय समितिहरूलाई सशक्त बनाउन यस वर्ष देखि दिँदै आएको सदस्यता शुल्क निरन्तरता दिइने छ ।

२. प्रत्येक ६ महिनामा एउटा सबै क्षेत्रलाई समेट्ने गरी कार्यक्रम गरिने छ । जसको लागि केन्द्रको पहिलो बैठकबाट विज्ञहरूको सहभागितामा वार्षिक कार्ययोजना तयार पारिने छ ।

३. आवश्यकताको आधारमा क्षेत्रीय समिति बिस्तार गरिने छ ।

४. क्षेत्रीय समितिलाई आईसीसीले सम्बोधन गरेको छैन । यसलाई आईसीसीको विधानमा राखी आइसीसीबाट पनि सहयोग गर्ने वातावरण बनाउन पहल गर्दै थप अधिकार दिलाउने छु ।

ङ. ज्ञान पुँजी र सीप नेपाल लैजाने अभियान
१. जापानमा भएका सरकारी तथा गैर सरकारी निकायहरूसँग समन्वय गर्दै नेपालमा विदेशी लगानी बढाउनका लागी पहल गर्ने छु ।

२. जापानमा अध्ययन गरी विज्ञता हासिल गरी नेपाल फर्कन इच्छुकहरूलाई नेपाल सरकारसँगको समन्वयमा जापानमा सिकेको ज्ञान सीप प्रयोग गर्ने गरी व्यवसाय सञ्चालनका लागी आवश्यक सहयोग तथा जापानमा भएका कम्पनीहरुसँग समन्वय गर्न सहयोगी भूमिका निर्वाह गरिने छ ।

३. एनआरएनए जापानको लगानी कोष स्थापना गरी नेपालमा लगानी गर्नका लागी विज्ञहरूसँगको सहकार्यमा कार्ययोजाना तयार गर्नेछु ।

च. मिनी नेपाल र नेपाली भाषा केन्द्र स्थापना
१. प्रत्येक क्षेत्रीय समिति भएको ठाउँमा त्यहाँका स्थानीय सरकार र एनआरएनएलगायत विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी नेपाल र नेपालीको पहिचान झल्काउने खालको मिनी नेपालको अवधारणा सहित नेपाली भाषा केन्द्रको स्थापना गरिने छ ।

२. नेपालको कला संस्कृतिको संवर्द्धन गर्न वर्षको एक पटक जापान भरी एकै पटक बृहत् कार्यक्रम आयोजना गरिने छ ।

छ. हाल सम्म प्रत्येक वर्ष नेपाल फेस्टीबलको आयोजना गर्दै आइरहेको क्षेत्रमा निरन्तरताका लागी पहल सहित सुरुवात नभएका क्षेत्रमा पनि सुरु गराउन पहल गरिने छ ।

ज. नेपाली दूतावाससँगको सहकार्यमा सुरुवात भएको घुम्ती सेवालाई अझै प्रभावकारी रूपमा निरन्तरता दिनका लागी आवश्यक पहल गरिने छ ।

झ. जापानवासी नेपालीहरू र जापानिजहरु बिच आवश्यक सहकार्य तथा समन्वयका लागी जापानमा भएका सबै सघसंस्थालाई एकत्रित गरी एनआरएनए जापानले अभिभावकीय जिम्मेवारी निर्वाह गर्नेछ ।अध्यक्षकै प्रत्याशी राजकुमार अधिकारी सन् २०१० देखि एनआरएनए जापानका सक्रिय छन् । सदस्य हुँदै एनआरएनए जापानको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका अधिकारीले अध्यक्ष पदमा आफ्नो दाबेदारी स्वाभाविक भएको बताए । अधिकारी जापानको नागोयामा रहेर व्यवसाय गर्दै आएका छन् । नम्र स्वभावको परिचय बनाएका अधिकारी जापानमा रहेका प्रत्येक नेपालीको अभिभावकको भूमिका निर्वाहका लागि आफूले उम्मेदवारी दिने उनको भनाई छ ।

अधिकारीले आफूलाई धेरै बोल्न नआउने तर काममा सधैँ इमानदारिता पूर्वक लागेको र भविष्यमा पनि लाग्ने प्रतिबद्धता जनाए । ‘ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपाली लाई समस्या पर्दा अभिभावकको भूमिका निर्वाह त गर्नु नै छ,’ उनले भने, ‘त्यस बाहेक पनि एनआरएनए सबै नेपालीले आफ्नै संस्था हो भन्ने महसुस हुने गरी काम गर्ने छु ।’

‘यसअघि एनआरएनए जापानको अध्यक्ष पदमा नागोयाबाट एनआरएनए आईसिसि सदस्य दीपक कार्की पनि उठ्ने चर्चा चलेपनि उहाँले मलाई सहयोग गर्ने’ अधिकारीको भनाई छ । ‘हामी एकजुट भएर अघि बढ्ने छौँ,’ उनले भने । लगतै दीपक कार्कीले पनि राजकुमार अधिकारीलाई अध्यक्ष बनाउन आफूपनि लागि पर्ने उद्‌घोष गरेका हुन् ।

तपाईको प्रतिक्रिया