Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाको हिरासतमा रहेकी एकजना महिलाले आत्महत्या गरेकी छन् । आत्महत्या गर्नेमा सर्लाहीको चक्करघट्टा गाउँपालिका वडा नं ८ बस्ने ४० वर्षीय हजरत खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खातुनले सलको पासो लगाई शाैचालयको ढोकामा आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका नि. प्रमुख डिएपी दिपेन्द्र पंजियार थारुले बताए । हिजो राति करिब ११ बजेको समयमा थुनुवा खातुनले पेट दुख्यो भन्दै पेटमा बाँध्न सल मागेकाे र सोही सलको पासोले करिब १२ बजे उनले आत्महत्या गरेकाे डिएसपी थारुको भनाई छ ।

साउन १ गते मलंगवाको झिलमिलिया माई नजिक श्रोत नखुलेको ५ लाख ४ हजार नेपाली रुपैयाँ र ५ सय ७७ ग्राम चाँदीसहित सशस्त्र प्रहरीले खातुनसहित चक्करघट्टा- ८ बस्ने राम केवल रायलाई समेत पक्राउ गरी भन्सार कार्यालय सर्लाहीमा बुझाएको थियो ।

भन्सार कार्यालयले ४ गते खातुनको ३ लाख ३९ हजार धरौटी खोलेको थियो । धरौटी बुझाउन नसक्दा भन्सार कार्यालयले खातुनलाई पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाएको थियो ।खातुनको शव पोष्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया