Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस दिन घटेको हो। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बिहीबार प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर १ लाख १२ हजार ८ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

 

तपाईको प्रतिक्रिया