Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको उपाध्यक्षका लागि मनोज बम मल्लले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए क्षेत्रीय समिति नागोयाका निवर्तमान संयोजक मल्लले आगामी कार्यकाल (२०२३-२५)का उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत उपाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरे । आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गर्दै उनले उपाध्यक्ष पदका लागि योग्य रहेको दाबी गरेका हुन् । २०२१-२०२३ कार्यकालमा नागोया क्षेत्रीय समितिको संयोजक रहँदा आर्थिक पारदर्शिता गराइ संस्थालाई २३ लाख भन्दाबढी बचत गराउन सफल भएको मल्लले उल्लेख गरेका छन् ।

हेरौँ यी ३३ बुँदा :-
१.अफिस उद्घाटन तथा क्षेत्रीय संयोजक डिनर कार्यक्रम
२. रक्तदान कार्यक्रम २०२१
३. २ वर्ष सम्म नि:शुल्क जापानी भाषा कक्षा सञ्चालन
४. सिन्धुपाल्चोकमा सहयोग
५. अन्तरक्रिया कार्यक्रम ‘Be a leader ‘
६. मास्क वितरण कार्यक्रम
७. निःशुल्क अनलाइन स्युसोकु सपोर्ट सेमिनार
८. राहत अभियान सञ्चालन गरिएको सम्बन्धमा
९. एम्बेसी कपमा आर्थिक सहयोग
१०. अनिता सिग्देललाई आर्थिक सहयोग
११. विवेक सदाशन्खरलाई सहयोग
१२. राधा गुरुङको निधनपछि सहयोग
१३. फुकुओकामा भलिबल खेलमा सहभागिता
१४. चमान सिंह पाईजा मगर आर्थिक सहयोग
१५. जापानको नागोया शहरमा सरसफाइ कार्यक्रम
१६ किक बक्सिङ अविरल घिमिरेलाई आर्थिक सहयोग
१७ NRNA जापान द्वारा आयोजित भलिबल प्रतियोगितामा सहयोग
१८ हरेराम परजुलीलाई आर्थिक सहयोग
१९ NRNA जापानसँगको सहकार्यमा blood Donation कार्यक्रम आयोजना
२० चेपाङ बालबालिकाको शिक्षाको लागी आर्थिक सङ्कलन
२१ नेपाल Embassy सँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन
२२ नवराज वाग्लेलाई आर्थिक सहयोग
२३ दोस्रो नेपाल फेस्टिवल आयोजना
२४ Miss japan Teen International 2022 यूमे अधिकारीलाई सहयोग
२५ कोरोना महामारीको बेला विद्यार्थीलाई (बाइतो सेचुमे खाइ) सहयोग
२६ IHNO सँगको सहकार्यमा २० जना विद्यार्थीलाई Scholarship
२७ unity guys लाई फुटबल प्रतियोगितामा सहयोग
२८ मन कुमार राई लाई सहयोग
२९ नवराज वाग्लेलाई सहयोग
३० IHNO कोमियामा युकीहारो लाई सम्मान कार्यक्रम
३१ यस क्षेत्रमा अकाल्पनिक घटना घटेमा ५ मान सहयोग
३२. विभिन्न संघ संस्थाले सामाजिक कार्यमा योगदान दिने किसिमको कार्यक्रम गरेमा ३ मान आर्थिक सहयोग
३३.आर्थिक पारदर्शिता गराइ संस्थालाई २३ लाख भन्दा बढी बचत गराउन सफल

एनआरएनए जापानको ११औँ महाधिवेशन आगामी जुलाई २९ तारिखका दिन गर्ने निर्णय भएको छ भने मतदान ३० तारिखका दिन हुनेछ । आगामी कार्यकालका लागि अध्यक्षमा चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष नवीन निउरे, महिला उपाध्यक्ष संगीता अधिकारी सुवेदी, अर्का उपाध्यक्ष रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया