Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सुन तस्करी आरोपमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । राजस्व अनुसन्धान विभागले थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई समातेसँगै पक्राउ पर्नेको सङ्ख्या १० पुगेको हो ।

विभागले करिब एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै उनीहरूलाई बिहीबार पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । साँझ पक्राउ पर्नेमा राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन् ।

यसअघि बिहीबार दिउँसो चिनियाँ नागरिक जेछियाङ लिन विमानस्थलबाट पक्राउ परेका थिए । त्यसमध्ये छ जनालाई बिहीबार नै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहीबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई आज म्याद थप गरिने जनाइएको छ ।

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।

यी हुन बिहीबार पक्राउ परेकाहरूः
१) जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२) थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३) रामकुमार भुजेल (दोलखा)
४) दीलिप भुजेल (दोलखा)
५) हर्कराज राई (भोजपुर)
६) अशोक लामा (ट्याक्सी चालक)
७) राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०) राजेन्द्र राई (भन्सार एजेन्ट)

तपाईको प्रतिक्रिया