Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन राष्ट्र बैंकले सुनको तौल लिएको छ । उक्त बट्टा (ब्रेक-शु)सहित जोख्दा १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो । बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो ।

‘कुल एक सय ६० वटा ब्रेक-शु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन छ । अब ती ब्रेक-शुबाट सुन निकालेर जोखिने तयारी छ । ‘ब्रेक-शुभित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ स्रोतले भन्यो ।

तपाईको प्रतिक्रिया