Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ठूलो परिमाणको तस्करीको सुन जोख्न राष्ट्र बैंकको टक्सार विभाग लगिएको छ । राजस्व अनुसन्धान विभागले बुधबार सो सुन बरामद गरेको थियो ।

सुन एक क्विन्टल भएको अनुमान छ । कति हो भन्ने जोखेपछि पुष्टि हुनेछ । सुनको शुद्धता समेत जाँच गरिने छ । परीक्षणका लागि आठ वटा बाकसमा सुन टक्सार ल्याइएको हो। यो प्रकरणमा भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् । हङकङबाट प्यासेफिक क्याथे विमानबाट कार्गो भएर सो सुन आएको हो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक-शु’भित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया