Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हरायाे । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा हाना विलकिनसनले गाेल गरिन् । याे जितसँगै समूह ‘ए’ मा रहेकाे न्युजिल्यान्डले ३ अङ्क जाेडेकाे छ ।

यस्तै आजै समूह ‘बी’ मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड खेल्ने छन् । सिड्नीमा रहेकाे स्टेडियम अस्ट्रेलियामा हुने यो खेल नेपाली समयअनुसार पाैने ४ बजे हुनेछ ।आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

 

तपाईको प्रतिक्रिया