Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं –  व्यवसायी दीपक मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । उक्त प्रकरणमा उनको संलग्नता भएको भन्दै समाचार प्रकाशन भएको थियो ।

उक्त समाचारको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समाचार संस्था तथा पत्रकारले माफी नमागे आफू कानुनी उपचारमा जाने बताएका छन् । ‘यसबाट समाचार लेख्ने पत्रकार, उक्त प्रकाशन संस्थाको नियत राम्रो नभएको स्पष्ट देखिन्छ, उनले भने, ‘एउटा पत्रकारको अनुमान र आशंकाका आधारमा के केसैको सार्वजनिक जीवनमा प्रहार गर्न, समाजमा स्थापित पहिचानलाई खल्बल्याउन पाइन्छ ?

उनले समाचार लेख्दा आफूलाई सम्पर्क नगरेकोसमेत दाबी गरेका छन् । विमानस्थलबाट हिजो राजश्व अनुसन्धान विभागको टोलीले झण्डै सय किलो सुन बरामद गरेको थियो । ‘मैले अवैध सुन ल्याएको भए डाँडा काटिसक्थेँ, पत्रकार फेस गरेर किन बस्थेँ,’ मल्होत्राले अगाडि भने ।

तपाईको प्रतिक्रिया