Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसअघि सुनको मूल्य गत जेठ १९ गते तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियो।

बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९५ रुपैयाँ पुगेको छ। यो बुधबारको मूल्यभन्दा ५ रुपैयाँ बढी हो। बुधबार प्रतितोला १४ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार प्रतिऔंस १९७९.८२ डलरमा कारोबार भइरहेको छ। बुधबार प्रतिऔंस १९७४.४४ डलर कायम थियो। चाँदी बुधबार प्रतिऔंस २४.९९ डलर रहेकोमा बिहीबार २५.१ डलर कायम छ।

 

तपाईको प्रतिक्रिया