Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रबाट करिब एक क्विन्टल सुन बरामद गरिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार साँझ हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको सो परिमाणको सुन बरामद गरेको हो ।

राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’को आवरणमा सुन ल्याइएको पुष्टि भएको छ । उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौँको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।

सुनको यकिन परिमाण आइनसके पनि (जोख्न बाँकी) करिब सय केजी हाराहारीमा रहेको अनुसन्धान विभागका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शङ्कास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो ।

विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा. २च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ । ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका छन् । पाँचै जनालाई विभागको हिरासतमा राखिएको छ ।

मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले अप्रेसन चलाएको हो । भन्सारबाट उम्किसके सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्दा भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ ।

तपाईको प्रतिक्रिया