Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आज शुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ‘ए’ को आयोजक न्युजिल्यान्ड र नर्वे खेल्ने छन् । खेल इडेन पार्कमा नेपाली समय अनुसार बेलुका ५ बजे हुनेछ ।

यस्तै, आजै समूह ‘बी’ मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड खेल्ने छन् । सिड्नीमा रहेकाे स्टेडियम अस्ट्रेलियामा हुने यो खेल नेपाली समय अनुसार राति ८ बजे हुनेछ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

 

तपाईको प्रतिक्रिया