Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सिनामंगलको एक सुन पसल अगाडि नक्कली बम राख्ने एक युवकलाई बुधबार प्रहरीले पक्राउ गरेर बयान लिएको छ । बम राखेपछि नेपाली सेनाको टोलीले निष्क्रिय पार्न लागेको घटनाको नजिकैको एक होटलमा लुकेर अवलोकन गरिरहेका रौतहटका २८ वर्षीय खजाञ्ची पासवानलाई पक्राउ गरेर प्रहरीले बयान लिएको हो ।

बयानका क्रममा उनले ‘राजनीतिक पार्टीको नाम जोडेर बम जस्तो बस्तु राखेपछि पैसा आइहाल्छ कि भनेर त्यसो गरेको’ बयान दिएका छन् । यसअघि पनि उनले फोनमार्फत सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलका सञ्चालकसँग ५ लाख रुपैयाँ माग्दै फोन गरेर धम्की दिएका थिए । प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘मेरो डेरा सिनामंगलमै थियो, बोर्डमा मोबाइल नम्बर देखेँ । त्यसपछि पैसा आइहाल्छ कि भन्ने भएर फोन गरेको थिएँ । ५ लाख माग्दा दिन नमानेपछि तर्साउनलाई भोलिपल्ट बिहान लगेर राखेको थिएँ ।’

उनले ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाम उल्लेख गर्दै एक पर्चा छोडेर त्यसमा आरडिएक्स बारुद राखिएको उल्लेख गरेका थिए । बयानका क्रममा उनले उक्त नक्कली बम बिहान ७ बजे उक्त पसल अगाडि राखेका थिए । त्यसपछि सेनाको बम डिस्पोजल टोली आउँदासम्म अर्थात् पौने १० बजेसम्म भिडमै बसेर आफूले पनि रमिता हरिरहेको बताएका छन् । उनले फोन गरेको नम्बरकै आधारमा प्रहरीले ट्रयाक गरेर उनलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया