Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पोस्टर टाँसेर विज्ञापन गरेपछि ‘बगान’ फिल्मलाई काठमाडौं महानगरले ५० हजार तिराएको विषयमा अभिनेत्री करिश्मा मानन्धरले टिप्पणी गरेकी छन् । महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएर पाँच लाख बराबरको विज्ञापन गरिदिएको उनले टिप्पणी गरेकी छन् ।

आफ्नो फेसबुकमार्फत एक पोस्ट शेयर गर्दै उनले लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो ! कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नु हुन्न भनेर ?’

भित्ता–भित्तामा पोस्टर टाँसेर शहरलाई कुरूप बनाएको भन्दै महानगरपालिकाले ‘बगान’ चलचित्रलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो । दृश्य प्रदूषण हुने भन्दै महानगरले सार्वजनिक स्थान, भित्तामा जथाभाबी पोस्टर टाँस्न प्रतिबन्ध लगाएको छ । सरोज खनालद्वारा निर्देशित फिल्ममा करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायत कलाकार छन् ।

तपाईको प्रतिक्रिया