Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस भक्तपुरको साँगामा दुर्घटना भएको छ ।

बा३ख ९३९६ नम्बरको यात्रुवाहक बस साँगाको महादेव मन्दिर जाने साँगा पुलनजिकैको भीरबाट खसेको प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको जनाएको छ। अहिलेसम्म सात जना घाइतेको उद्धार गरेर अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार चार जना घाइतेको इबमुरा अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरीले जनाएको छ । बसमा ३०-३५ जना सवार रहेको स्थानीयको भनाइ छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया