Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई व्यावसायिक फुटबल खेल्न इजरायलका लागि बिदाइ गरिएको छ । बुधबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिएको हो ।

सिंहदरबारमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले एक कार्यक्रमका बीच सावित्रालाई बिदाइ गरे । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायली क्लब क्लब हापोएल रानानाबाट लिग खेल्न अनुबन्धित भइकी हुन् । उनी १ अगष्टमा इजरायल जानेछिन् ।

बिदाइ कार्यक्रममा बोल्दै फरवार्ड भण्डारीले यति छोटो समयमा आफूले कल्पना नगरेको सम्मान पाएको बताएकी छन् । एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौती भए पनि त्यसलाई स्वीकार्न तयार रहेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया