Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको सात दिन पूरा भएको छ । गत असार २७ गते उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएकी उनको मंगलबार सातौँ दिनको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको उक्त सभामा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेता डा. बाबुराम भट्टराई, झलनाथ खनाल, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो ।पत्नी वियोगमा परेका प्रधानमन्त्री प्रचण्डले सभामा सम्बोधन गर्दै आफ्नो जीवन सहयात्री भएर सीताले दिएको साथ र योगदानको प्रशंसा गरेका थिए । आफ्नो कठिन विगतमा हाँस्दै साथ दिएकी सीताले बाँचुन्जेल पनि आफूलाई कहिल्यै दुःख नदिएको र मर्दा पनि दुःख नदिई चुपचाप बिदाइ भएको बताएका छन् ।

उक्त सभामा सहभागीले सीताले प्रचण्डको राजनीतिक र पारिवारिक जीवनका लागि दिएको साथ र त्यागको सक्दो प्रशंसा गरेका थिए । सभामा सीताको परिवार, आफन्त र राजनीतिक जीवन समेटिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया