काठमाडौं – साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य १ लाख १३ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँ निर्धारण गरिएको छ । यता चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेर एक हजार ४९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।