Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – काठमाडौंको सिनामंगलमा बुधबार बिहान शंकास्पद वस्तु फेला परेको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडक छेउमा शंकास्पद वस्तु फेला परेको हो। ‘घटनास्थलमा गौशालाबाट प्रहरी टोली गएको छ’, एसपी रिजालले समुद्रपारिसँग भने।

उनका अनुसार सिनामंगल–पुरानो बानेश्वर सडकअन्तर्गत खोटाङ हलेसी ज्वेलर्सनजिकै शंकास्पद वस्तु फेला परेको हो। घटनास्थलमा हातले लेखिएको पर्चा पनि फेला परेको छ।जसमा लेखिएको छ– खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला। संयोजक सफल।’ शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया