Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कोरियाली प्रायद्वीपमा फेरि तनाव बढेको छ । करिब ४० बर्षपछि पहिलो पटक अमेरिकी आणविक पनडुब्बी दक्षिण कोरियाको बन्दरगाहमा पुगेको छ ।

यो पनडुब्बी ब्यालेस्टिक मिसाइलले सुसज्जित छ । उत्तर कोरियाले केही दिनअघि ठोस इन्धनयुक्त अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बेला अमेरिकाले यो कदम चालेको हो । उत्तर कोरियाली नेता किम जोङ उनलाई सीधै चेतावनी दिन अमेरिकाले आफ्नो ओहायो क्लासको ब्यालिस्टिक मिसाइल पनडुब्बी कोरियाली बन्दरगाह सहर बुसानमा पठाएको छ ।

उत्तर कोरियाले अमेरिकालाई आफ्नो सीमा नजिकै रहेको जासुसी विमान खसाल्ने धम्की पनि दिएको छ । किम जोङ उनकी बहिनी किम यो जोङले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रायद्वीपमा ब्यालिस्टिक मिसाइल पनडुब्बी तैनाथ गर्नाले दुई पक्षबीचको पहिल्यै बिग्रिएको सञ्चार लाइनलाई थप क्षति पुग्ने चेतावनी दिएकी छन् । ४० वर्षमा पहिलो पटक यो अमेरिकी पनडुब्बी कोरियाको जलक्षेत्रमा पुगेको हो ।

सामान्य भाषामा यसलाई बुमर्स भनिन्छ । यो ५६० फिट लामो छ । यसको गति ३७ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । ओहायो क्लासको प्रत्येक पनडुब्बीले अधिकतम २० वटा ट्राइडेन्ट-२ ब्यालिस्टिक मिसाइलहरू बोक्छ । जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफेरेसन स्टडीजका अनुसार प्रत्येक ट्राइडेन्ट मिसाइलले चार आणविक वारहेड बोक्न सक्छ । तदनुसार, प्रत्येक अमेरिकी ब्यालेस्टिक मिसाइल पनडुब्बीले लगभग 80 आणविक वारहेडहरू बोक्न सक्छ ।

विश्लेषकहरूले दक्षिण कोरियाको नजिक अमेरिकी नौसेनाको ब्यालेस्टिक मिसाइल पनडुब्बी विशुद्ध प्रतीकात्मक भएको बताएका छन् । वास्तवमा, यसले यसको सैन्य मूल्य कम गर्नेछ । हवाईस्थित अमेरिकी प्यासिफिक कमाण्डको संयुक्त खुफिया केन्द्रका पूर्व निर्देशक कार्ल शुस्टरले भने, ‘रणनीतिक रूपमा अमेरिका र दक्षिण कोरियाले सबैभन्दा शक्तिशाली पनडुब्बीको मूल्य घटाउँदैछन् ।’

ट्राइडेन्ट मिसाइलको रेन्ज ७४०० किलोमिटर हुन्छ । जसको अर्थ उनीहरू प्रशान्त, भारतीय वा आर्कटिक महासागरको विशाल क्षेत्रबाट उत्तर कोरियामा निशाना प्रहार गर्न सक्षम छन् । पानीमुनि लुकेको यो पनडुब्बी फेला पार्न उत्तर कोरियाको लागि लगभग असम्भव हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया