Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले पुराना बाइकलाई विद्युतीय बाइकमा रूपान्तरण गर्न अध्ययन थालेको छ । आविष्कार केन्द्रलाई अध्ययन प्रयोजनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाले करिब १३ वर्ष पुरानो १० थान बाइक दान गरेको छ ।

आविष्कार केन्द्रले ती बाइक विद्युतीय मोटरसाइकलमा रूपान्तरण गर्ने जनाएको छ । नेपालमा रहेका पेट्रोलबाट चल्ने पुराना बाइक विद्युतीय प्रणालीमा रूपान्तरण भए अर्बौँ रुपैयाँ बिदेसिनबाट रोकिनेछ ।

प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको अग्रसरतामा एसपी सन्तोष आचार्यले मोटरसाइकल हस्तान्तरण गरेका हुन् । आविष्कार केन्द्रका प्रमुख महावीर पुनले दानको लागी नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया