Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना प्रस्ताव गरेका छन् ।आज (मंगलबार) देखि शुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् ।

‘क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ । अब इच्छुक साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्नुहुने छ । कांग्रेसको क्रियाशील सदस्ता वितरण अनलाइनमार्फत् गर्ने कुरालाई हामीले शुरू गर्‍यौं। यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कनेगरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान शुरू हुनेछ,’ उनले भने, ‘५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिने छ ।’ केन्द्रीय समिति बैठक अहिले जारी छ । आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् । केन्द्रीय समितिको बैठक करिब एक साता चल्ने छ ।

तपाईको प्रतिक्रिया