Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – तस्करी गरी दुबईबाट ल्याएको सुन लुकाएको अभियोगमा पक्राउ परेका भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान भएका छन् । चिनियाँ नागरिकले तस्करी गरेको उक्त सुन लुकाएको अभियोगमा पक्राउ परेकाहरू विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पुर्पक्ष लागि थुनामा पठाउन आदेश दिएको हो ।

न्यायाधीश दीपक ढकालको इजलासले भन्सार कार्यालयका सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरू देवप्रकाश अग्रवाल र साहेब राय पाण्डुरङलाई जेल पठाउन आदेश दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाले २०७९ पुस २९ गते २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र शंकास्पद बस्तु रहेको आशंकामा बरामद गरेको थियो । तर पछि ती सामान इलेक्ट्रिक सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशंकामा छानबिन गरेको थियो ।

आन्तरिक छानबिन गर्दा मुद्दा शाखामा गोदामको कार्य जिम्मेवारी तोकिएका नासु रेवन्त खड्कासहितका व्यक्ति संलग्न देखिएपछि कारबाहीको प्रक्रिया अगाडि बढेको थियो । उनीहरूले लगेको सुन ६ करोडमा बिक्री गरेर रकम भागबण्डा गरेको खुलेको छ ।

तपाईको प्रतिक्रिया