Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसले एक वर्ष सदस्यता विस्तार अभियान चलाउने भएको छ । मंगलबारदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले आगामी वर्ष पार्टी सदस्यता अभियान चलाउने कार्यक्रम घोषणा गरेका हुन् ।

कार्यक्रमबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने उनले कार्ययोजना प्रस्तुत गरेका छन् । बैठकमा महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने कार्ययोजना प्रस्तुत गरेका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठक दुई–दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय विभाग पनि बढाउने भएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया